१४ साउन, काठमाडौं । सधैं हट केक गीत, डान्स र स्टाइलमार्फत चर्चामा आइरहने गायक तथा कलाकार दुर्गेश थापा फेरि एकपटक समाचारको हेडलाइन बनेका छन्। तर यसपटक न गीत न अभिनय, उनले अस्ट्रेलियाको आकाशमा हेलिकप्टर चढेपछि चर्चा बटुलेका हुन्।
हालै अस्ट्रेलिया पुगेका दुर्गेशले त्यहाँको एक भव्य कार्यक्रमको अवसरमा हेलिकप्टरबाट आगमन गर्दै उपस्थित सबैलाई चकित पारे। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त भिडियोमा दुर्गेशलाई स्टाइलिस लुकमा हेलिकप्टरबाट ओर्लिँदै देख्न सकिन्छ। भिडियोलाई छोटो समयमै लाखौंले हेरिसकेका छन् भने प्रशंसकहरूले उनलाई ‘नेपाली शोबिजका ट्रेन्डसेटर’ भनेर व्याख्या गरिरहेका छन्।
नेपालमा ‘बीच बाटै’, ‘हुन्च भनेर’, ‘लाउ न माया’ जस्ता गीतमार्फत सन्देश दिनेदेखि स्टाइलमार्फत नयां प्रयोग गर्ने दुर्गेशले विदेशमा पनि आफ्नै किसिमको छवि बनाइरहेका छन्।
केवल म्यूजिकमा मात्र सीमित नरही आफ्ना हरेक गतिविधिलाई हट ट्रेन्ड बनाउने दुर्गेशको यो हेलिकप्टर यात्रा पनि चर्चाको नयाँ कारण बनेको छ।
