जनक महरा
१२ साउन, काठमाडौं । जीवनका लागि गीता ज्ञान अभियान, काठमाडौंको आयोजनामा एक वर्षीय अनलाइन गीता ज्ञान पाठशाला सञ्चालन हुने भएको छ। विद्यार्थीहरूको जीवन मूल्य तथा आध्यात्मिक चेतनाको विकासका लागि गीता ज्ञान अभियान, काठमाडौं द्वारा एक वर्षीय निःशुल्क कक्षा सञ्चालन गर्न लागेको यस पाठशालाका गुरु आचार्य देवेन्द्र कश्यपले बताउनुभयो। अनलाइन माध्यमबाट सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीहरूका लागि नाम दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ ।
जीवनका लागि गीता ज्ञान अभियानका राष्ट्रिय सहसंयोजक सुदिप पौडेलका अनुसार यस पाठशालामा आचार्य देबेन्द्र कश्यपज्यूले गीताका श्लोकहरूको अध्यापन गराउनुहुनेछ भने अभियानका सल्लाहकार गोकुल थापा ज्यूको सहयोगमा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरिनेछ।
गीता ज्ञान अभियानले यसअघि पनि अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता तथा गीता सम्बन्धी विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ। आयोजकले यस कार्यक्रमबाट विद्यार्थीहरूमा आत्मविश्वास, नैतिकता र आध्यात्मिक समझको विकास हुने विश्वास व्यक्त गरेका छन्।
पाठशालाका विशेषताहरू:
हप्ताको पहिलो दिन — गीताका ५ श्लोकहरूको शुद्ध उच्चारण सिकाइने।
हप्ताको अन्तिम दिन — ५ श्लोकहरू कण्ठस्थ गरी सुनाउनुपर्ने।
प्रत्येक श्लोकको — सामान्य अर्थ, विद्यार्थीका लागि उपयोगी अर्थ र जीवनोपयोगी अर्थ अध्ययन गरिने।
हरक अध्यायको अन्त्यमा परीक्षा — अर्को अध्यायमा जान १०० मा १०० अंक अनिवार्य।
हरेक अध्यायमा उत्कृष्ट ५ विद्यार्थीलाई — रु. १०००/- पुरस्कार प्रदान गरिने।
अन्त्यमा विशेष प्रतियोगिता — उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान र पुरस्कार प्रदान गरिने।
समय तालिका:
- अन्तिम नाम दर्ता मिति: २०८२/०४/२० (मंगलबार)
- उद्घाटन समारोह: २०८२/०४/२१ (बुधबार) राति ८:१५–९:१५
- पाठशाला प्रारम्भ: २०८२/०४/२२ (बिहिबार) राति ८:१५–९:१५
- कक्षा अवधि: एक वर्ष
- नाम दर्ताका लागि आवश्यक विवरण:
- नाम
- कक्षा
- विद्यालयको नाम
- स्थान
- उमेर
