इन्दिरा निरौला
नारी—शक्तिको अरूणोदय
म लेख्न चाहन्छु,
तर शब्दहरू रोकिन्छन्,
किनभने नारीको कथा केवल अक्षरहरूमा कैद हुँदैन।
उहाँहरूको दुःखको हिसाब गर्ने तराजु कहाँ छ ररु
उहाँहरूको आँसु मापन गर्ने उपाय के छ ररु
एक नारी—
आमाको रूपमा, आफ्नै शरीर चिरा पारेर जीवन जन्माउँछिन्,
तर कहिल्यै आफूलाई जन्माउन पाउँदिनन्।
छोरीको रूपमा, घरको उज्यालो हुन्छिन्,
तर समाजले उनलाई अँध्यारो कोठामा थुन्छ।
श्रीमतीको रूपमा, सपना बुन्छिन्,
तर आफ्नै इच्छाहरू गुमाएर।
नारी भनेको
त्यो बिहानी हो, जो रातभरि आँसु झारेर पनि
सबेरै सूर्य झैँ उदाउँछिन्।
त्यो नदी हो, जो बाधाहरू चिरेर पनि
गन्तव्यसम्म पुग्छिन्।
त्यो आकाश हो, जसलाई कसैले सिमानामा बाँध्न सक्दैन।
तर, किन अझै
नारीलाई पराजित देख्न चाहन्छ समाजरु
किन अझै
हाम्रो स्वर थुनिन्छ, हाम्रो अस्तित्वमा प्रश्न उठाइन्छरु
अब नारी सहनशीलताको होइन,
क्रान्तिको प्रतीक बनोस्१
अब नारी मौनताको होइन,
आवाजको समुद्र बनोस्१
अब नारी श्रृङ्गारको होइन,
विद्रोहको ज्वाला बनोस्१
अनि, जब कुनै छोरी
नयाँ संसार जन्माउने सपनासँग अघि बढ्नेछ,
जब कुनै आमा
संस्कार होइन, सम्भावना दिन अघि सर्नेछिन्,
जब कुनै चेली
बन्धन होइन, स्वतन्त्रताको गीत गाउँनेछिन्,
त्यस दिन—
नारी दिवसको सही अर्थ पूरा हुनेछ।
नारी१ तिमी सहन होइन, बदल्न जन्मेकी छौ१
