माउण्ट ओलिभ स्कुलका शिक्षक डम्बरबहादुर लुइटेल उत्कृष्ट गणित शिक्षक हुनुभएकोले महालक्ष्मी नगरपालिका ललितपुरले सम्मानित गरेको छ । माउण्ट ओलिभ स्कुलका शिक्षक डम्बरबहादुर लुइटेल संस्थागत विद्यालयको तर्फबाट शैक्षिक सत्र २०८o को माध्यमिक शिक्षा परिक्षा को गणित विषयमा उतकृष्ट नतिजा हासिल गराउन सफल हुनुभएकोले महालक्ष्मी नगरपालिका, ललितपुरले सम्मान गरेको छ ।

प्रतिनिधिसभा सदस्य माननीय प्रेमबहादुर मर्हजनको प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिकाले भाद्र ३१ गते भव्य कार्यक्रमको आयोजना गरी नगरपालिका क्षेत्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाइ सम्मान सहित प्रशंसा–पत्र प्रदान गरेको छ ।
शिक्षण पेशा र विभिन्न विद्यालयको नेतृत्व तहमा रही ३० वर्ष लामो अनुभवले गर्दा विद्यालयमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको र नगरपालिकाले मेरो मेहनतको कदर गर्दै हौसला प्रदान गरेकोमा खुशी लागेको शिक्षक लुइटेले बताए ।
