काठमाडौं– लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एच अन्तरर्गतका १६ क्लबहरुको पदस्थापना तथा सपथ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गर्दे लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एच अन्तरर्गत संयुक्त १६ ओटा क्लबहरुका २०२४/२०२५ का पदाधिकारीको पद स्थापना तथा सपथ कार्यक्रम सम्पनन्न भएको हो ।नयाँ सदस्यहरुलाई इण्डक्ट, लायन वर्ष २०२४/२०२५ को पदाधिकारीहरुलाई पद स्थापना तथा नयाँ ८ वटा क्लवहरुको चार्टर प्रिजेन्टेसन गरिएको लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एचको 2nd VDG उद्धव सिलवालले बताउनुभयो ।
लायन्स क्लबमा आफ्नो कार्यकाल उत्कृष्टताका साथ सम्पन्न गरेको भन्दै २०२३/०२४ का विभिन्न १६ ओटा क्लबहरुका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गरिएको थियो ।
