काठमाडौं, २२ माघ । यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।
