काठमाडौं, केपीओलीले नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताउनुभयो । देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने उनले प्रष्ट पारे। ‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैँ ढल्ने स्थितिमा पुगेको छ’, ओलीले भने। ओलीले प्रचण्ड र शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुङ्गिएको बताए। एमाले पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। ‘प्रचण्डजी र शेरबहादुरले शान्ति प्रक्रिया टुङ्गाउन दिनुभएन’, ओलीले भने।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन्। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।
