नेपालीहरुको महान चाड तिहार र छठको अवसरमा लायन्स क्लबले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको लागि डिष्ट्रिक्ट ३२५ एचबाट ६ लाख रकम संकलन भएको समेत जानकारी दिनुभएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एच अन्तर्गतका सातवटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, लाइन्स क्लव अफ भक्तपुर बालकोट, लाइन्स क्लव अफ भक्तपुर चाँगुनारायण, लाइन्स क्लव अफ भक्तपुर प्रिन्सिपल, लाइन्स क्लव अफ भक्तपुर निलकण्ठेश्वर, लाइन्स क्लव अफ भक्तपुर एजुकेटर्स र लाइन्स क्लव अफ काठमाण्डौं मेनेजमेण्टको सयुक्त आयोजनामा शनिबार मेरिगोल्ड विद्यालय भक्तपुरमा भव्य कार्यक्रमको आयोजना भएको हो । लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलका प्रेसिडेन्ट् लायन गणेश बाबु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन शम्भु बहादुर थापा प्रमुख अथिति रहेका थिए ।
यस्तै कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको लागि डिष्ट्रिक्ट ३२५ एचबाट ६ लाख रकम संकलन भएको समेत जानकारी दिनुभयो । यस्तै विशिष्ट अथिति डिष्ट्रिक्ट गवर्नर लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एच का पूर्व गवर्नरहरु लायन शोभा जोशी, लायन शिवराम प्रधान, पंकज प्रधान, उद्वव सिलवाल, लगायत डिष्ट्रिक्ट क्याबिनेट अफिसहरु तथा विभिन्न क्लबहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा कविता बाचन लगायतका कार्यक्रमहरु गरिएको थिए ।

यस्तै कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको लागि डिष्ट्रिक्ट ३२५ एचबाट ६ लाख रकम संकलन भएको समेत जानकारी दिनुभयो । डिस्ट्रिक्ट ३२५ का विभिन्न कार्यक्रमहरुमा एरिया चीफ लायन उद्दव सिलवालको नेतृत्वदायी भूमिका प्रति कार्यक्रमका वक्ताहरुले प्रशंसा व्यक्त गनुका साथै भावि नेतृत्वको लागि शुभकामना समेत दिएका थिए ।

