गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो । गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो ।
