काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सभामुख निर्वाचित भइसकेकाले राष्ट्रिय सहमति कायम गरी राष्ट्रपति पद कांग्रेसले लिनुपर्ने निर्णय गरेको हो ।
