काठमाडौँँ – नेपाली कांग्रेसले नयाँ सरकार गठनको लागि आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको हो। राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न पुस ३ मा दिएको एक साताको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ।
