२०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ । पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । प्रतियोगिताको समापन गर्दै प्रधानमन्त्री देउवाले खेलकुदको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । दशौं राष्ट्रिय खेलकुद २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय सहित नवौं राष्ट्रिय खेलकुद समापन भएको छ
।
