काठमाडौं– सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्।

