काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार जापान पुगेका हुन । प्रचण्डको सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रचण्डका अन्य कार्यक्रमबारे भने केही खुलाएको छैन। अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
