काठमाडौं, निर्वाचन आयोगले शुक्रबार बाट मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गरेको हो ।
निर्वाचन आयोगका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २० र २१ गते सम्म समय दिइएको छ ।
