काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १५ गते आइतबार प्रि अलमेन्टको काम सकेर भोली बाँडफाँट गर्ने तयारी गरेको हो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केटका अनुसार भोली साउन १७ गते (मंगलबार) अपरान्ह ४ बजे शेयर बाँडफाँट हुनेछ । कम्पनीको शेयर, बिक्री प्रबन्धकको बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुनेछ ।
कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
