नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवलपुरको देवचुली नगरपालिका–१६ रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक विश्वविद्यालय बनाउने लक्ष्य लिएर अघि बढ्न सुझाव दिएका छन् । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत रजहर पुगेका अध्यक्ष प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।
माटो, पानी, बाफ र जडिबुटीमा आधारित रहेर उपचार गरिने यो प्राकृतिक चिकित्सालय समुदायस्तरबाट सञ्चालित छ ।
