काठमाडौं । लायन्स सप्ताह २०२३ को अवसरमा लाइन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत रहेको ३ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव चांगुनारायण र क्लव बालकोटको संयुक्त अयोजनामा शुक्रवार एनसीआईटी कलेजमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट निवर्तमान गभर्नर लायन दिनेश प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना भएको हो ।

रक्तदान कार्यक्रममा लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्डका प्रेसिडेण्ट लायन रामेश्वर खड्का, लायन्स इण्टरनेशनल डिष्ट्रिक्ट निवर्तमा गभर्नर(IPDG) लायन दिनेस प्रसाद श्रेष्ठ , डिष्ट्रिक्ट क्याविनेटका सेकेण्ड भिडिजी लायन रविन्द्र बहादुर प्रधान, PMCC लायन पंकज प्रधान ,डिष्ट्रिक्ट एचका PDG लायन शोभा जोशी, चिफ एरिया कोअर्डिनेटर लायन उध्दव सिलवाल, एरिया कोअर्डिनेटर लायन राजु खड्का, रिजन चेयरपर्सन लायन विनोद कुमार उपाध्याय, रिजन चेयरपर्सन लायन कृष्ण कार्की, जोन चेयरपर्सन लायन तिर्थराज भट्ट, जोन चेयरपर्सन लायन नारायणी लामिछाने, लाइन्स क्लव अफ भक्तपुर चांगुनारायणका प्रेसिडेण्ट लायन रविन्द्र प्रसाद उपाध्याय लगायत रक्तदाताहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा लाइन्स क्लव अफ भक्तपुर मेरीगोल्डका प्रिसेडेण्ट एवं डिष्ट्रिक्ट ३२५का एरिया चिफ कोर्डिनेटर उद्दव सिलवाल पनि सहभागी हुनु भएको थियो । सिलवालले रक्तदान कार्यक्रममा सहभागी भई ८८औं पटक रक्तदान गर्नुभएको हो । सामाजिक कार्यमा सधै अग्रसर हुने सिलवाल लामो समय देखि बिभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रही कामगर्दै आउनु भएको छ । रगतको आवश्यकता भएका बिरामीहरुको उपचारका लागि भक्तपुर बालकोट निवासी उद्दव सिलवालले ८८औं पटक रक्तदान गरी ठूलो योगदान गर्नुभएको छ ।


रक्तदान कार्यक्रममा सहभागी भएका १२२ जनामध्य ५१ जना रक्तदान गर्न असमर्थ भए भने ७ जना महिला र ६४ जना पुरुष गरि जम्मा ७१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बंगलादेशका विद्यार्थी स्यान सुल्तानले पनि रक्तदान गर्नुभएको थियो ।
