काठमाडौं, सहकारी पीडितहरुले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले आफूहरुको ‘आन्दोलन रहर नभई बाध्यता हो हाम्रो धैर्यलाई कमजोरी नठान लेखेका प्लेकार्ड बोकेका थिए । सहकारी पीडितहरु महिनौंदेखि सडक आन्दोलन गर्दै आएका छन् ।
